arrow

विश्व रक्तदाता दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
blood-donation-2081.jpg

काठमाडौं । विश्व रक्तदाता दिवसको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

नेपाल मानव धर्म सेवा समिति, काठमाडौँले आज कालीमाटी फलफूल तथा तरकारी बजारमा गरेको रक्तदान कार्यक्रममा एक सय १३ जनाले रक्तदान गरेका छन् ।

राप्ती भेरीका शाखा आश्रमहरूबाट ८३ जनाले रक्तदान गरेको समितिको केन्द्रीय कार्यालय गौशालाले जानकारी दिएको छ । 

साथै सेती क्षेत्र आश्रम अत्तरियामा २१ जना रक्तदाताले रक्तदान गरेका छन् ।

लुम्बिनी क्षेत्र आश्रमले सबैभन्दा बढी रक्तदान गर्ने रक्तदातालाई सम्मान गरेको छ । 

समितिले विभिन्न अवसर पारेर हरेक वर्ष देशै भरिका आश्रममा रक्तदान गर्ने गरेको छ ।

समिति काठमाडौं जिल्लामा अत्यधिक महिला रक्तदाताको रूपमा रक्तसञ्चार केन्द्रबाट पुरस्कृत भइसकेको छ ।

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ को सम्झनामा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन शुरु गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ