arrow

आन्तरिक ऋण उठाउने योजनासहित मधेसले ल्यायो ४३ अर्ब ८९ करोडको बजेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १ शनिबार
madhes-budget-bharat-sah-81.jpg

काठमाडौँ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि ४३ अर्ब ८९ करोड २१ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार प्रदेश सभाको बैठकमा प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले सो बराबरको बजेट प्रस्तुत गरे । 

त्यसमध्ये, पूँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ र चालूतर्फ १४ अर्ब ७ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको छ।   

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ७ करोड ३० लाख रुपैयाँ, समानीकरण अनुदानबाट ७ अर्ब ७९ करोड ९२ लाख, सशर्त अनुदानबाट ३ अर्ब ५५ करोड ७८ लाख,  संघीय सरकारबाट राजस्व बाँडफाँड बापत प्राप्त १३ अर्ब ६० करोड र गत वर्षको नगद मौज्दातबाट ७ अर्ब ८६ करोड रुपैयाँ प्राप्त हुने जनाइएको छ । 

यो रकम जोड्दा बिनियोजित रकमभन्दा २ अर्ब कम हुन आउँछ । उक्त रकम पूरा गर्न आन्तरिक ऋण लिइने प्रदेश सरकारले जनाएको छ । 

यो वर्ष सात प्रदेशमध्ये आन्तरिक ऋण उठाउने प्रस्ताव गर्ने एकमात्रै प्रदेश मधेस रहेको छ । यद्यपि अहिलेसम्म प्रदेशले आन्तरिक ऋण उठाउन सक्ने व्यवस्था नै छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ