arrow

क्यान्सरपछि क्याथरिन पहिलो पटक सार्वजनिक कार्यक्रममा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
kate-middleton-british-princess.jpg

काठमाडौँ । वेल्सकी राजकुमारी क्याथरिनले शनिबार मध्य लन्डनमा आयोजित सैन्य परेडमा भाग लिएकी छन् । 

क्यान्सर भएको पत्ता लागेपछि उनको यो पहिलो सार्वजनिक जीवनमा अस्थायी पुनरागमन हो । 

गत वर्ष डिसेम्बरमा क्रिसमस डेको दिन केटले सार्वजनिक संलग्नतामा देखाएकी थिइन् र मार्चमा केमोथेरापी गरिरहेको खुलासा गरेकी हुन् । 

बयालीस वर्षीया राजकुमारी विश्वको सबैभन्दा धेरै फोटो खिचिएकी महिलामध्ये एक हुन् । केटको लामो अनुपस्थितिले विशेषतः अनलाईन माध्यमहरुलाई उनको स्वास्थ्य अवस्थाबारे कौतुहलता बढाएको थियो । 

उनले शुक्रबार साँझ एक सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका राम्रो सुधार भइरहेको र अझै केही समय लाग्ने जानकारी गराएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ