क्यान्सरपछि क्याथरिन पहिलो पटक सार्वजनिक कार्यक्रममा
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
1.3k
Shares
काठमाडौँ । वेल्सकी राजकुमारी क्याथरिनले शनिबार मध्य लन्डनमा आयोजित सैन्य परेडमा भाग लिएकी छन् ।
क्यान्सर भएको पत्ता लागेपछि उनको यो पहिलो सार्वजनिक जीवनमा अस्थायी पुनरागमन हो ।
गत वर्ष डिसेम्बरमा क्रिसमस डेको दिन केटले सार्वजनिक संलग्नतामा देखाएकी थिइन् र मार्चमा केमोथेरापी गरिरहेको खुलासा गरेकी हुन् ।
बयालीस वर्षीया राजकुमारी विश्वको सबैभन्दा धेरै फोटो खिचिएकी महिलामध्ये एक हुन् । केटको लामो अनुपस्थितिले विशेषतः अनलाईन माध्यमहरुलाई उनको स्वास्थ्य अवस्थाबारे कौतुहलता बढाएको थियो ।
उनले शुक्रबार साँझ एक सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका राम्रो सुधार भइरहेको र अझै केही समय लाग्ने जानकारी गराएकी छन् ।