arrow

एमाले सांसद गुरुङलाई सोधियो स्पष्टीकरण 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
ganeshman-gurung--uml-ganda.jpg

काठमाडौँ । गण्डकीका एमाले सांसद गणेशमान गुरुङलाई पार्टीले स्पष्टीकरण सोधेको छ । प्रदेश सभामा पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै गुरुङलाई प्रष्टीकरण सोधिएको हो । उनले ३ दिनभित्र जवाफ दिन भनिएको छ । 

एमाले गण्डकी संसदीय दलले शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा उभिन ह्वीप जारी गरेको थियो । तर सांसद गुरुङ बैठकमा सहभागी भएका थिएनन् । 

नीति तथा कार्यक्रममा आफ्नो धारणा राखेर सांसद गुरुङ बैठकबाट निस्किएका थिए । संसदीय दलको ह्वीप विपरीतको कार्य गरेको भन्दै ३ दिने स्पष्टीकरण सोधिएको हो ।

त्यस्तै गुरुङले भने आफू व्यक्तिगत कामका लागि बाहिर जानु परेपछि बैठकबाट निस्किएको बताएका छन् । प्रदेश सभामा आफ्ना कुरा राखेर बाहिरिएका उनले पार्टीले ह्वीप जारी गरेको कुरा साँझपछि मात्र थाहा पाएको जिकिर गरेका छन् ।

स्पष्टीकरण सोधिएका सांसद गुरुङ एमाले उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङनिकट हुन् । 

पृथ्वी सुब्बा निकट भएकै कारण संसदीय दलका नेता खगराज अधिकारीले स्पष्टीकरण सोधेको गण्डकीमा चर्चा रहेको छ ।

गुरुङ कास्की ३ को क बाट माओवादी केन्द्रका दुर्गादत्त भण्डारीलाई दोब्बर मतले हराउँदै निर्वाचित भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ