arrow

रोजगार विभाग अगाडि विरोध प्रदर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
birodh-pradarsan-iit.jpg

काठमाडौँ । आम जनता पार्टी निकट आइटी आर्मीले वैदेशिक रोजगार विभाग अगाडि विरोध प्रदर्शन गरेको छ । आइतबार वैदेशिक रोजगार विभाग अगाडि भेला भई उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

विरोध प्रदर्शनका क्रममा बोल्दै आइटी आर्मीका अध्यक्ष चन्द्र भूषण साहले वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन विरोध प्रदर्शन गर्नुपरेको बताए 

। उनले वैदेशिक रोजगार क्षेत्रमा अवैध तरिकाले बिना भौचर असुली भइरहेको बारेमा खबरदारी गरेको बताए । उनले अवैध रकम असुली रोजगार पीडितलाई फिर्ता नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी दिए ।

उनले भने, ‘हामी वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन, वैदेशिक रोजगार क्षेत्रमा अवैध जुन असुली भइरहेको छ, बिना रसिद ५ हजार, १० हजारको रसिद दिएर दुई दाख, चार लाख, पाँच लाख रुपैयाँ, जुन असुली भइरहेको छ, त्यो रकम फिर्ता दिलाउन र वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन, विदेशमा अलपत्र परेकाहरूलाई उद्धार गराउन र फ्रि भिसा, फ्रि टिकट जस्ता नारामा मात्र नभई व्यवहारतः कार्यान्वयन हुनुपर्छ, त्यसको पूर्णतः कार्यान्वयन नभई सङ्घर्ष जारी रहन्छ । सरकारले हाम्रा मागप्रति बेवास्ता गरेको छ ।’

उनीहरूले बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगार दे, श्रमिकलाई ठग्न पाइँदैन लगायतका प्लेकार्ड बोकेर विरोध जनएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ