arrow

नयाँ जलपाईगुडीमा रेल दुर्घटना, आठ जनाको मृत्यु, घाइते ६० जना अस्पतालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
rail-accident-japaigudhi-81.jpg

काठमाडौँ । भारतको दार्जिलिङको नयाँ जलपाइगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा एक्सप्रेससँग ठोक्किएर दुर्घटनाग्रस्त हुँदा १५ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी पीटीआईले १५ जनाको मृत्यु भएको बताए पनि भारतीय रेलवे बोर्डले उद्धार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या ८ पुगेको जानकारी दिएको छ ।

अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेस नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा मालगाडीसँग ठोक्किएको थियो ।

हाल घाइते ६० जना अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णव दार्जिलिङ प्रस्थान गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्र्मू, बंगालकी मुख्यमन्त्री ममता बनर्जी र रेलमन्त्रीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सरकारले मृतकका परिवारलाई १०–१० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेको उपचारका लागि जनही साढे २ लाख दिने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्  । 

त्यस्तै सामान्य घाइतेलाई जनही ५० हजार दिने केन्द्र सरकारले घोषणा गरेको छ  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ