arrow

कर्णालीलाई बजेट चाहिँदैन भन्दै मन्त्रीलाई बजेट पुस्तिका फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ४ मंगलबार
gyanendra-shahi-81-3-4.jpg

काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका सभामुखमार्फत अर्थमन्त्रीलाई फिर्ता गरिदिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद शाहीले कर्णालीलाई बजेटमा विभेद गरिएको भन्दै जुम्ला र कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका फिर्ता गरेका हुन् ।

उनले भने, ‘यो बजेटमाथि सांसदहरुले भोट हालेमा यो जुनीमा होइन अर्को जुनीमा पनि कर्णालीका जनताले सराप्ने छन् । म यो किताब मन्त्री जीलाई सिधै दिन मिल्दैन । म सभामुखमार्फत यो बजेट किताब जस्ताको तस्तै मन्त्री जीलाई दिन चाहन्छु । चाहिँदैन बजेट ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ