arrow

कास्कीमा पाँच स्थानबाट राष्ट्रिय परिचयपत्र वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
cdo office kaski hamrakura.jpg
तस्बिर-फाइल

पोखरा । कास्कीमा अब पाँच स्थानबाट राष्ट्रिय परिचयपत्र पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गरी सो बारे जानकारी गराएको हो । सूचनाअनुसार कास्कीवासीको हकमा मात्रै यो सुविधा रहेको छ ।

अब पोखरा महानगरपालिका वडा नं. १, १७ र २७ बाट राष्ट्रिय परिचयपत्र वितरण हुनेछ । पोखराका सबै वडावासीले यी तीन स्थानबाट सेवा लिन सक्नेछन् ।

यस्तै अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँपालिकावासीका लागि जिल्ला प्रशासन कार्यालयबाटै राष्ट्रिय परिचयपत्र वितरण हुनेछ ।

रुपा गाउँपालिकावासीका लागि भने इलाका प्रशासन कार्यालय लेखनाथबाट राष्ट्रिय परिचयपत्र वितरण हुने प्रशासन कार्यालयले जनाएको छ ।

कास्कीको प्रमुख जिल्ला अधिकारीमा भरतमणि पाण्डे आएपछि राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया सहज बनाउन बिहानै ८ बजेदेखि नै सेवा दिन थालिएको थियो ।

सरकारले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि देशभरका जिल्ला प्रशासन कार्यालयमा भिड लागेको छ ।

सरकारको यो निर्णयबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो रिट बारेमा अदालतको फैसला आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ