arrow

टोखा नगरपालिकाका मेयर अधिकारी सहकारी ठगीमा दोषी ठहर भएको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
prakash-adhikari-tokha-saha.jpg

काठमाडौँ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी सहकारी ठगीमा संलग्न भएको पाइएको छ । २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित अधिकारी ६ वर्षअघि नै सहकारी ठगीको दोषी भएर एक महिना कैद सजाय पाएको भेटिएको हो । 

अधिकारी नाङ्लो दिप सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका उपाध्यक्ष थिए । आफू उपाध्यक्ष रहेको संस्थाबाट ऋण अपचलन गरेको भन्दै परेको जाहेरीमा उनी दोषी ठहर भएका हुन् । 

२०७५ साल फागुन १० गते उच्च अदालतका तत्कालीन न्यायाधीशद्वय मेघनाथ भट्टराई र वासुदेव आचार्यको इजलासले अधिकारीसहित १० जनालाई  एक महिना कैद र बिगो र जरिबानासहित १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ  फैसला गरेको पाइएको हो । 

यसरी सजाय पाउनेहरुमा अधिकारीसहित उक्त सहकारीकी तत्कालीन अध्यक्ष धनमाया श्रेष्ठ, मिलन कार्की, सीतामाया थापा, यनुका बुढाथोकी, दीपक वाग्ले, प्रतिमा सिटौला, झुनु शाह, देउमाया लिम्बू छन् ।  

यद्यपि अधिकारी अहिलेसम्म जेल गएका छैनन् । उच्च अदालतको पुनरावेदन सर्वोच्चमा लाग्ने भएकोले अहिले यसविरुद्ध उनी सर्वोच्च गएका छन् ।

सर्वोच्च अदालतमा यो मुद्दा अहिले पनि विचाराधीन अवस्थामै रहेको छ । यद्यपि माथिल्लो अदालतले निर्दोष नठहर्याएसम्म तल्लो अदालतकै फैसलाबमोजिम त्यस्तो व्यक्ति दोषी रहन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ