arrow

फेवाताल किनारमा योग प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ५ बुधबार
yoga-pokhara.jpg

पोखरा । पोखरास्थित भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवसको १०औँ संस्करण मनाउन पोखरास्थित फेवातालको किनारमा योग प्रदर्शनको आयोजना गरेको छ ।

स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यास प्रवर्द्धन गर्ने हेतुले योग प्रदर्शन आयोजना गरिएको दूतावासले जनाएको छ । 

योग प्रदर्शनमा स्थानीय प्रशासन प्रमुख, विभिन्न योग संस्थाका सदस्य, भारतीय सेनाका अवकाशप्राप्त गोर्खा सैनिक, पोखरास्थित दूतावासको पेन्सन भुक्तानी कार्यालयका कर्मचारी र स्थानीय समुदायको सहभागिता रहेको थियो । 

विभिन्न आसन, प्राणायाम (श्वासप्रश्वास व्यायाम) र ध्यान विधि प्रस्तुत गरिएको सो प्रदर्शनमा प्रशिक्षकले योगसत्रको शृङ्खला बिहानदेखि सुरु गरेका थिए । 

शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिँदै सहभागीलाई यसका फाइदाबारे जानकारी गराइएको थियो । 

भारतीय राजदूतावासले पोखरा विश्वविद्यालयसँगको सहकार्यमा आयुर्वेदिक अभ्यासकर्तासँग मिलेर योग प्रदर्शन र स्वास्थ्य परामर्शको पनि आयोजना गरेको जनाएको छ । 

कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा प्रेमनारायण अर्याल प्रमुख अतिथिका रुपमा सहभागिता भएका थिए । 

उनले कार्यक्रमको आयोजना गरेकामा भारतीय राजदूतावासलाई धन्यवाद दिए । विचारशील र स्वस्थ जीवनका लागि योगले पर्याउने फाइदाबारे बुझ्नुपर्ने उनको भनाइ थियो ।

योग प्रशिक्षकले योगका फाइदा र दैनिक जीवनमा यसको व्यावहारिक उपयोगिताबारे व्याख्या गरेका थिए ।

आयुर्वेद र योगलाई दैनिक जीवनमा समावेश गर्नेबारे जानकारी दिएका आयुर्वेदविज्ञका परामर्शबाट पोखरा विश्वविद्यालयका विद्यार्थी लाभान्वित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ