arrow

बागलुङ अधिकारीचौरमा जीप दुर्घटनामा १ को मृत्यु ३ घाईते

logo
नारायण रिजाल ।
प्रकाशित २०७३ मंसिर १७ शुक्रबार
Baglung-hamrakura.jpg.jpeg
बागलुङ । बागलुङको बोबाङदेखी बुर्तिबाङ आउँदै गरेको ध १ च १ ६९ नम्बरको पिकअप जिप शुक्रबार साँझ अधिकारीचौर ९ कोइराला भन्ने ठाउँमा दुर्घटना भएको छ । दुर्घटनामा चालकको घटनास्थलमा मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । मृत्यु हुनेमा गुल्मी जिल्ला जुनिया गाबिसका २३ बर्षका चालक कृष्ण शाही रहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख शिबराज क्षेत्रीले जानकारी दिए ।
 
घाईते हुनेमा बाग्लुङ अधिकारीचौर ४ बस्ने २९ बर्षका ढालिन्द्र थापा, बोहोरागाउँ गाबिस वडा नम्बर ६ बस्ने २३ बर्षका रबिन थापा, सोहि गाबिस ९ का २२ बर्षका प्रकाश घर्ति मगर रहेको प्रहरीले जनाएको छ ।  
 
घाईतेहरु मध्ये २ जनाको बुर्तिबाङ प्राथिमक स्वाथ्य केन्द्रमा उपचार भै रहेको र एक जनाको अबस्था नाजुक रहेकाले थप उपचारका लागी पोखरा रिफर गरिएको छ ।  चालकले मदिरा सेवन गरेर जीप चालाएका कारण दुर्घटना भएको घाईतेले बताएका छन् ।
 
जीपको ब्रेकले पनि राम्रो सँग काम नगरेको यात्रुको भनाई छ । जीप सडकबाट ७० मिटर तल खसेको थियो । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ