arrow

अवैध हातहतियारसहित एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
jit-bahadur-gurung-pakrau.jpg

पोखरा । अवैधरुपमा हातहतियार राखेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुस स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. २५ सापकोटा चोक हेमजा बस्न ५३ वर्षीय जीतबहादुर गुरुङ छन् ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले गुरुङको घरकोठा भित्र लुकाई छिपाई राखेको कोब्रा मोड ३५ (कोब्रा स्पोर्ट एयर गन) नाम उल्लेख भएको राईफल नाल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

साथै सोही राइफलमा लाग्ने गोली राउण्ड चार थान, स्पेशल पाउडर, प्रयोग नभएको राउण्ड ३४ थान, शक्तिमान एक्प्रेस हाइ चार थान, भेलोसिटी ७० एमएम नाम उल्लेख भएको प्रयोग नभएको राउण्ड १६ थान, नाम उल्लेख नभएको सानो राउन्ड चार थान, छर्रा बनाउन प्रयोग गरिने सिलिन्डर आकार भएको कडा वस्तु एक सय ४२ थान, छर्रा बनाउन प्रयोग गरिने ससाना गोलाकारको कडा वस्तु दुई सय ९० ग्राम, बारुद जस्तो देखिने धुलो पदार्थ एक सय १४ ग्राम, मास्टर सुट एयर राइफल प्लेट्स नाम उल्लेख भएको कच्चा पदार्थ छ प्याकेट, मग्ना सट एयर राइफल प्लेटस नाम उल्लेख भएको कच्चा पदार्थ एक प्याकेट फेला परेको छ ।

पक्राउ गरेका गुरुङबिरुद्ध कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ