arrow

जब एक युवक फेवातालमा डुबे...

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
fewa-lake.jpg

पोखरा । कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडाका अन्दाजी २१ वर्षका सञ्जय भण्डारी शुक्रबार पौडी खेल्न फेवाताल पुगे । भण्डारीसहित पाँच जना युवा पौडी खेल्न फेवातालको चिसापानीमा पसे ।

भण्डारी अचानक फेवातालमा डुब्न पुगे र बेपत्ता पनि भए । भण्डारी डुबेको खबर पाउने वित्तिकै उनको उद्दार गर्न सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यू टावरबाट टोली खटियो । विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोलीले भण्डारीलाई अचेत अवस्थामा उद्दार गर्यो ।

त्यसपछि भण्डारीलाई तत्कालै उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए । उनको हाल उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ