arrow

आर्चरीमा कास्कीको वर्चश्व

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
archery-pokhara.jpg

पोखरा । गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिताको पहिलो दिन र्‍याकिङ राउण्डमा कास्कीले वर्चश्व कायम गरेको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा कास्की जिल्ला आर्चरी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा कास्कीले उत्कृष्ट सुरुआत गरेको हो ।

पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा भएको प्रतियोगितामा कास्कीका अशिम शेरचनले र्‍याकिङ राउण्डमा ६०४ अंकका साथ पहिलो स्थान बनाउँदा एक अंकले पछि रहेका कास्कीका सुमन गुरुङ ६०३ अंकका साथ दोस्रो स्थानमा छन् । यस्तै बागलुङका मुकेश रोक्का ५७९ अंकका प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

यसैगरी महिला रिकर्बतर्फसमेत कास्कीका तीन खेलाडी उत्कृष्ट प्रदर्शन गर्दै शीर्षस्थानमा छन् । कास्कीकी अनुश्का शेरचनले ६१३ अंकका साथ पहिलो स्थान बनाएकी छन् । यस्तै रोजिना थापा मगर ५८५ अंकका साथ दोस्रो र कृशा गुरुङ ५७२ अंकका साथ तेस्रो स्थानमा छन् ।

प्रतियोगिताअन्तर्गत स्टाण्डर्ड पुरुषतर्फ कास्कीका तीन खेलाडी पहिलो, दोस्रो र तेस्रो स्थानमा कायम छन् । कास्कीका गणेश तिलिजा ३२७ अंकका साथ पहिलो, नगेन्द्र थकाली ३२४ अंकका साथ दोस्रो र होम पगेनी ३२२ अंकका साथ तेस्रो स्थानमा रहेको कास्की आर्चरी संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषद्का सदस्य योगेन्द्र शेरचनले जानकारी दिए ।

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले गण्डकीको आर्चरी खेलले प्रदेशको खेलकुदमा उत्कृष्ट कार्य गरेको बताए ।

उनले गण्डकी प्रदेशको खेलकुद विकासका लागि धेरै कार्य गर्न बाँकी रहेको भन्दै आगामी दिनमा योजनावद्ध रुपमा मन्त्रालयले ती कार्य पूरा गर्न प्रयास गरिने बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद विकल शेरचन, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, आर्चरीका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, अग्रज समाजसेवी मीनबहादुर शेरचनलगायत सहभागी थिए ।

प्रतियोगितामा मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्की गरी छ जिल्लाले सहभागिता जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ