arrow

ज्येष्ठ नागरिकलाई घरमै पुगेर राष्ट्रिय परिचयपत्र दिनुपर्छ : सभामुख धिताल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
samman-jestha-nagarik.jpg

पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले राष्ट्रिय परिचयपत्र बिना सामाजिक सुरक्षा भक्ता वितरण नगर्ने सरकारको निर्णयले ज्येष्ठ नागरिकले दुःख पाएको बताएका छन् । उनले भने, “घरघरमा पुगेर ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाउनु अपरिहार्य छ ।”

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ केन्द्रीय समितिको आयोजना एवं महिला तथा बालबालिका मन्त्रालयको सहयोगमा पोखरामा शुक्रबार आयोजित ज्येष्ठ नागरिक संस्थाहरुको अनुगमनमा सरोकारवालासंँग भएको अन्तरक्रियामा उनले ज्येष्ठ नागरिको ज्ञान, सीप र अनुभवको उपयोग गनुपर्ने बताए ।

ज्येष्ठ नागरिक भनेका समाजका जिउँदा इतिहास भएको भन्दै उनले उनीहरुको योगदानको उच्च कदर गर्दै सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रको ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक मोहनलाल श्रेष्ठले ज्येष्ठ नागरिकको संवैधानिक हक हित र सुविधाको प्रत्याभूति हुने गरि कार्यान्वयन गर्न सरकारसंग माग गरे।

महासंघका महासचिव कुशुमकेशव पराजुली, आयुर्वेद चिकित्सक वीपी रेग्मीले ज्येष्ठ नागरिकका हक अधिकारका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिकसँग सम्बन्धित विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । जसमा हेप्पी हेल्पका संस्थापक डा. यज्ञमान शाक्य, राधाकृष्ण वृद्धाश्रमका प्रेम लिगल, दलित महासंघका केन्द्रीय अध्यक्ष खरिलाल विश्वकर्मा, ज्येष्ठ नागरिक समिति पोखरा-१७ अध्यक्ष टोपराज ढुंगाना, उपाध्यक्ष विष्णुमाया बास्तोला र समाजसेवी गीरा पन्त कोइराला छन् ।

सो अवसरमा सम्मानित व्यक्तित्व टोलपराज ढुंगाना, संघका गण्डकी प्रदेश अध्यक्ष उमान सिंह कार्की र जिल्ला अध्यक्ष केशव ढकालले ज्येष्ठ नागरिकको आश्रममा नभई घर-घरमा नै राख्ने व्यवस्था गर्दै परिवारलाई चेतनामूलक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ