arrow

गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालन ‍गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
prakash-bahadur-kc-gandaki.jpg

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले गोरखास्थित गोरखकाली रबर उद्योग र नवलपुरस्थित भृकुटी कागज कारखाना पुनः सञ्चालनमा ल्याउन माग गरेका छन् ।

शुक्रबार आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद केसीले प्रदेशका दुई ठूला उद्योग बन्द रहेको र यसमा प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

‘मुख्यमन्त्रीज्यूकै गृह जिल्लाको उद्योग हो । यसलाई पुनः सञ्चालन गर्न सके दीर्घकालमा प्रदेशलाई लाभ हुन सक्छ,’ उनले थपे, ‘संघ सरकारले हेर्ने भएपनि यो उद्योग पुनः सञ्चालनका लागि प्रदेश सरकारको भूमिका हुनुपर्थ्यो । त्यो हुन सकेन ।’

सार्वजनिक-निजी साझेदारीमा सञ्चालन गर्न सकिने भन्दै दुवै उद्योग त्यसैअनुसार खुलाउन पहल गर्न उनले प्रदेश सरकारसँग आग्रह गरे ।

गोरखकाली रबर उद्योग आधुनिक प्रविधिअनुसार पुनः सञ्चालन गर्ने भए तीन अर्ब जति लाग्ने देखिएको भन्दै सांसद केसीले सरकार र निजी क्षेत्र मिलेमा त्यो रकम ठूलो नभएको बताए ।

‘पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा संघ र प्रदेश सरकार मिलेर लगानी गर्न चाहेमा सरकारको लागि तीन अर्ब ठूलो बजेट हुँदैन । संघ सरकारले कुन क्षेत्रको जिम्मा लिने, प्रदेशले कुन क्षेत्रको जिम्मा लिने त्यो हुनुपर्छ,’ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ