arrow

पहिरो नियन्त्रणका लागि बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
Baglung-hamrakura.jpg.jpeg
तस्बिर-फाइल

बागलुङ । बागलुङ बजारसँग दक्षिणी भेग जोड्ने बागलुङ-कुश्मिसेरा सडक खण्ड एक साताका लागि बन्द गरिएको छ ।

बागलुङ नगरपालिका-१० गलुवाको पहिरो नियन्त्रणका लागि एक साताका लागि बन्द गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

पहिरो नियन्त्रणका लागि उक्त सडक असार ४ देखि १० गतेसम्मका लागि बन्द गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारको रु ५० लाखमा बागलुङ नगरपालिकाले पहिरो रोकथाम गरिरहेको छ ।

सडक बन्द भएको समयमा कालीगण्डकी करिडोरको सडकलाई वैकल्पिक सडकका रुपमा प्रयोग गर्न भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ