arrow

नेपालमा साढे पाँच हजार जडिबुटीका औषधि, काठमाडौँमा मेला 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ८ शनिबार
yarshagumba-2080-04-12.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ ।

चिकित्सालय प्रमुख डा पुनम नेपालका अनुसार औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानमा मेलाको आयोजना गरिएको हो । 

मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका विभिन्न जडीबुटीबाट मिश्रित पथ्य आहार एवं खानपानको जानकारी गराइने छ । 

उनका अनुसार मेलामा जडीबुटीको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवम् लोपोन्मुख बहुमूल्य जडीबुटीको जानकारी, स्वास्थ्य प्रवद्र्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइने छ । 

यसैगरी प्राविधिक सत्रमा सम्बन्धित विषयविज्ञहरुद्वारा औषधिजन्य जडीबुटी र पोषण, जलवायु परिवर्तन, पर्यावरणीय स्वास्थ्य, जडीबुटीहरुको दिगो संरक्षणसम्बन्धी वैज्ञानिक सत्रहरु पनि राखिएको छ । 

मेलामा औषधिजन्य जडीबुटीको व्यावसायिकखेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयास एवम् किसानबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता र चुनौतीका बारेमा पनि छलफल हुनेछ । 

मेलाबाट औषधिको प्रयोग भए पनि लोपोन्मुख रहेका जडीबुटीको संरक्षण गर्न सहयोग मिल्नेछ । 

नेपालमा करिब पाँच हजार छसय जडीबुटीबाट औषधि उत्पादन हुने गरेको अध्ययनले देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ