arrow

दमौली अस्पतालमा थपिए  दुई थान डायलासिस मेसिन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
damauli-hospital-.jpg

तनहुँ ।  संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई  रु २८ लाख बराबरका दुई थान हेमोडायलासिस  मेसिन प्रदान गरेको छ । 

कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरेका हुन् ।  

अस्पतालमा हाल दश वटा डायलासिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलासिस सेवा प्रवाह गरिरहेको डा.बरालले राससलाई जानकारी दिए । 

एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ