arrow

योग दिवसको अवसरमा मानव धर्मको योग शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
manav-dharma-yog.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले योग शिविर सञ्चालन गरेको  छ । 

योग प्रशिक्षण शिविरमा बोल्दै मानव धर्म सेवा समिति केन्द्र प्रमुख महात्मा चमेली वाईजीले हाम्रा ऋषिमुनिले योगलाई विशेष प्राथमिकता दिएको बताउँदै हामीले पनि दैनिक योगको अभ्यास गर्नुपर्ने बताइन्।  भौतिक तथा आध्यात्मिक जीवन अनुशासित बनाउन योगको आवश्यकता रहेको बताउनु हुँदै योगका विभिन्न आसनले मन एकाग्र पार्न पनि विशेष सहयोग पुर्‍याउने बताइन् । 

योग प्रशिक्षक पुष्करराज पन्तले प्रशिक्षण दिएको योग प्रशिक्षणमा दुई सयको हाराहारीमा सहभागी रहेका थिए । सोही दिन नेपाल मानव धर्म समितिका देशभरिका करिब १३५ आश्रम तथा विदेशमा रहेका आश्रमहरूमा समेत योग शिविर सञ्चालन गरेको थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ