arrow

प्रधानमन्त्रीलाई गगनको सुझाव- नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने हो भने बालुवाटारबाट डेरा सर्ने [भिडियो]

स्थानीय तहले समानीकरण अनुदान पाउने संवैधानिक हक भए पनि संघीय सरकारले तजबिजी अधिकारको रूपमा उपयोग गर्न खोजेको भन्दै आक्रोश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
gagan-thapa-03-08-01.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले मन्त्रीहरूले आफूलाई नटेर्ने गरेको उल्लेख गर्दै बालुवाटारबाट डेरा सर्न सुझाव दिएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री थापाले आफूले भनेको नटेर्ने मन्त्रीलाई फेर्न नसके प्रधानमन्त्रीले बालुवाटारबाट डेरा सर्नुपर्ने भनाई थियो ।  

 महामन्त्री थापाले स्थानीय तहले समानीकरण अनुदान पाउने संवैधानिक हक भए पनि संघीय सरकारले तजबिजी अधिकारको रूपमा उपयोग गर्न खोजेको भन्दै आक्रोश पनि व्यक्त गरे । उनले स्थानीय तहलाई दिइँदै आएको समानीकरण अनुदान कटौती नगर्न पनि सरकारलाई सचेत गराए ।

उनले भने,‘समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक हो भने संघीय सरकारको संवैधानिक दायित्व  । तर संघीय सरकारले स्थानीय सरकारलाई दिने यो जिम्मेवारीलाई बकस दिएको जस्तो गर्दै आएको छ । मानौँ यो–तजबिजी अधिकार हो । यसपालि पनि यस्तै भयो । अहिले आएर सरकारले निर्णय ग¥यो रे भन्ने सुनियो । तर दिने अनुदानमा ७ प्रतिशत जति घटाउनु अरे भन्ने कुरा सुनियो । किनकि स्रोत छैन भन्ने कुरा आयो । वडाको क्षेत्र भित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने । अनि स्रोत छैन भनेर अनुदान कटौती गर्ने ? यो अस्वीकार्य छ । यो असंवैधानिक छ । यो भन्दा पनि रोचक कुरा सभामुख महोदय, स्थानीय सरकारका प्रमुखहरूले यो विषयमा प्रधानमन्त्रीसँग भेट्नुभएछ । अनि सय प्रतिशत चाहिन्छ भन्नुभएछ । अनि प्रधानमन्त्रीले के भन्नु भएछ भने–मेरो त मन छ, तर मन्त्रीले मानेन् । प्रधानमन्त्रीलाई कति पटक भन्ने हो यो ? यो संसदीय व्यवस्था हो । यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने हो भने सिंहदरबार, बालुवाटारबाट डेरा सर्ने ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ