arrow

निलम्बित सांसद देवकोटाले दायर गरेको रिट हेर्दा हेर्दैमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
phanindra-devkota-gandaki-81.jpg

काठमाडौँ । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट हेर्दा हेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो । आइतबार सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।

देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए । गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको कार्यकर्ता भएको र राजनीतिक दल सम्बन्धी ऐन अनुसार माओवादीको चुनाव चिन्ह लिएर लडेको बताउँदै आफूलाई मओवादी केन्द्रले कारबाही गर्न नसक्ने दाबी गरेका छन् । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ