arrow

चट्याङ लागेर खेत जोतिरहेका रोहितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
lighiting-chatank.jpg

बर्दिया । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गेरुवा गाउँपालिका वडा नं. ३ गणेशपुरका रोहित थारु छन् ।

उनी आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लागेको थियो ।

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिए ।

चट्याङ लागेर दुबै गोरु सामान्य घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ