arrow

संसदीय छानबिन समितिले प्रतिवेदन बुझायो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
madhes-pradesh-sabha-building-2079.jpg
तस्बिर-फाइल

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका उपनेता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छानबिन समितिले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रतिवेदन बुझाएको छ ।

मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको रकमान्तरको विषयमा छानबिन गर्न गठित विशेष संसदीय छानबिन समितिले आज प्रतिवेदन बुझाएको हो ।

एमालेको मागअनुसार विसं २०८० असार २६ मा सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारले अर्थमन्त्रालयमा ठूलो मात्रामा अनियमित रकमान्तर गरेको विषयमा प्रदेशसभाले समिति गठन गरेको थियो ।

उक्त समितिमा मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दशवटा दलका एक-एक जना सांसद छन् ।

समितिलाई दुई महिनाभित्र छानबिन गरी प्रतिवेदन बुझाउने समयावधि दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ