arrow

जङ्गली च्याउ खाँदा थप एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
Tanahun_District.png

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका थप एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्क निवासी ५८ वर्षीया पम्फी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

च्याउ खाँदा बिरामी भएको उनको आइतबार उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । यसअघि शुक्रबारमात्रै ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको थियो । 

गत असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका थिए ।

त्यसमध्ये ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ र ५४ वर्षीय डिलबहादुर गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ