arrow

अठार खर्ब ६० अर्बको बजेट प्रतिनिधि सभाबाट पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
parliament-ravi-raghubir.jpg

काठमाडौँ । सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तुत गरेको १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रतिनिधि सभाबाट पारित भएको छ । 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले गरेको विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । 

विनियोजन विधेयक पारित भए पनि आर्थिक विधेयक तथा ऋण तथा जमानतसम्बन्धी विधेयकबारे भने छलफल हुनै बाँकी छ । ती दुई विधेयक पारित भएपछि मात्रै बजेट पारितको प्रक्रिया पूरा हुनेछ । 

प्रतिनिधि सभाबाट पारित भएको उक्त बजेट अब राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाबाट पारित भएर आएपछि उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइन्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि साउन १ गतेदेखि उक्त विधेयक लागू हुनेछ । 

आर्थिक विधेयक प्रतिनिधि सभासँग मात्रै सम्बन्धित हुने भएकोले उक्त विधेयक राष्ट्रिय सभामा छलफलका लागि गए पनि यसलाई पारित नगरे पनि प्रमाणीकरणका लागि पठाउन रोकिँदैन । 

अर्थ विधेयक बाहेक अन्य विधेयकहरु भने दुवै सदनले छुट्टाछुट्टै ढंगले पारित गर्नुपर्ने व्यवस्था रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ