arrow

औषधि व्यवसायी संघ गण्डकीमा तिवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
gandaki-medcine.jpg

पोखरा । नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेश अध्यक्ष केशरीप्रसाद तिवारी निर्वाचित भएका छन् । संस्थाको सोमबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले तिवारीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा दयानीधि पौडेल, उपाध्यक्षमा लक्ष्मीनारायण पराजुली, उपाध्यक्ष धनुदेवी पिया छन् । यसैगरी महासचिवमा सञ्जिव देवकोटा क्षेत्री, कोषाध्यक्षमा सुरेन्द्रकुमार अग्रवाल, सचिवमा संगमबाबु श्रेष्ठ, उपकोषाध्यक्षमा यज्ञप्रसाद शर्मा छन् ।

संस्थाका कार्यसमिति सदस्यमा मीलन श्रेष्ठ, दुर्गाप्रसाद अधिकारी, कमला भण्डारी, चन्द्रराज रेग्मी, उर्मीला बस्नेत रानाभाट, नरहरि पनेरु, दीर्घनारायण मरासिनी, रामबहादुर बल्कोटी र गणेशमान श्रेष्ठ छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ