arrow

पोलबाट चुँडिएर सडकमा खसेको तारमा करेन्ट लागेर बिमलको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
achham-map.png
तस्बिर-फाइल

अछाम । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाको तुर्माखाद गाउँपालिका वडा नं. ६ का १५ वर्षीय बिमल विक छन् ।

साथै १४ वर्षीय झंकर विक घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तुर्माखाँद गाउँपालिका-७ बासकाँडा जानेक्रममा कच्ची सडकखण्डमा पोलबाट चुँडिएर सडकमा खसेको तारमा झंकर विकलाई करेन्ट लागेको थियो ।

झंकरलाई करेन्ट लागेपछि बचाउन तान्ने क्रममा बिमललाई पनि करेन्ट लागेको थियो ।

करेन्ट लाग्दा झंकरलाई बचाउन खोजेका बिमलको भने घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कमलबजार बाट प्रहरी नायब निरीक्षक भीमबहादुर शाहीसहित सात जनाको टोली घटनास्थलतर्फ पठाइसकेको प्रनाउ पाठकले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ