arrow

विजयपुरमा पहिरो गएपछि पृथ्वीराजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
bijaypur1.jpg

पोखरा । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा रातभर निरन्तर वर्षा भएको छ । मंगलबार राति ९ बजेदेखि सुरु भएको वर्षा अहिले बिहान ७ बजेसम्म निरन्तर भइरहेको छ । 

रातभरको वर्षाले पोखरा महानगरपालिका वडा नं. १४ विजयपुर खोला नजिकै सडक भत्किँदा सवारी अबरुद्ध भएको छ । पोखरा आउने सवारी विजयपुर खोलाको पारी र पोखराबाट बाहिरिने सवारी चाउथेमा रोकिएका छन् ।

वडाध्यक्ष बोधराज कार्कीकाअनुसार अहिले तत्कालका लागि डोजरले बाटो मिलाउने र एकतर्फी सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

बाटो खुलाउन नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिएको वडाध्यक्ष कार्कीले बताए । साथै यस कार्यमा पृथ्वीराजमार्ग निर्माण कम्पनी चिनिया टोलीले पनि सहयोग गरिरहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ