arrow

पहिरोले घर भत्किँदा बालकको मृत्यु, आमा गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
pahiro-humla-kharpunath.jpg
तस्बिर-फाइल

पोखरा । पोखरामा पहिरोले घर भत्किँदा च्यापिएर एक बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं. २७ अरुपाटाका ३ वर्षीय अनमोल सुनारको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आज बिहाज ३ बजे घर माथिबाट पहिरो आएर घर भत्किँदा च्यापिएर अनमोलको घटनास्थलमै ज्यान गएको हो ।

सो घटनामा अनमोलकी आमा २७ वर्षीया रीतु सुनार गम्भीर घाइते भएको र उनको हाल गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साथै अनमोलका बुबा हरि र दिदी अञ्जलीको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घटना भएको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय शिशुवाबाट टोली खटिएर उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोले सुनारको घर पूर्णरुपमा क्षति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ