arrow

तिलोत्तमामा खानेपानी समस्या, तीर्खा मेटाउँदै समावेशी महिला

logo
नारायण वली,
प्रकाशित २०८१ असार १२ बुधबार
khane pani- tilottama3.jpg

लुम्बिनी । कुनैबेला देशकै उत्कृष्ट नगरपालिकाको रुपमा चिनिएको तिलोत्तमा नगरपालिकामा खानेपानीको चरम अभाव देखिएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १४ टिकुलीगढमा खानेपानीको चरम अभाव देखिएको हो ।

अन्य नगरपालिका भन्दा राम्रो मूल्यांकन प्राप्त गरेर नाम कमाएको नगरपालिकाका नगरवासीहरु खानेपानीको मुहान सुकेपछि पानी अभावका कारण सकसपूर्ण दैनिकी कटाउँदै आएका छन् ।                 

जलवायु परिवर्तनको असरले लामो समयको खडेरी गर्दा पानीका मुहान सुक्न थालेपछि स्थानीयहरु पानीको खोजीमा छन् । स्थानीय तिनाउ नदीको मुहान गहिरिँदै जानु र नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, वन फडानी जस्ता कार्यले जलवायु परिवर्तनमा देखिएको असरले बर्षातको समय हुँदा पनि पानी नपरेपछि मुहान सुक्दै गएकाले इनारहरु सुक्दै गएको स्थानीहरु बताउँछन् । 

खानेपानीको खोजी र तीर्खा मेटाउन पानीको खोजीमा हिँडेका स्थानीयहरुको तिर्खा मेट्न स्थानीय समावेशी महिला समूह स्कूल डाँडाले यतिबेला स्थानीयहरुलाई पानी खुवाउन ट्याङ्करबाट निः शुल्क पानी वितरणलाई जोड दिएको छ ।

पानीको खोजमा रित्ता गाग्रा र ड्रमहरु बोकेर पानीको स्रोत जुटाउने उपाय खोजेका स्थानीयहरुलाई उक्त समूहले पेटभरी खाने पानीको व्यवस्था गरेको समावेशी महिला समूह स्कुल डाँडाकी अध्यक्ष मीना पुनले बताइन् । बर्सेनि खानेपानीको समस्या भोग्दै आएका सो स्थानका स्थानीयहरु खानेपानीको व्यवस्थाबाट टाढा छन् । 

खानेपानी सञ्चालनमा आएपछि खानेपानी समस्या नहुने स्थानीय सञ्जिवनी युवा क्लवका अध्यक्ष अर्जुन केसी हापुले बताए । उनी भन्छन्, 'हाम्रो सञ्जिवनी युवा क्लबले पानी वितरण गर्दै आएको छ  । पोहोर साल पनि यस्तै समस्या थियो महिनाभरी पानी वितरण गरेका हौँ । पाइप विस्तार गरेर तयारी अवस्थामा रहेको खानेपानीलाई नेपाल विद्युत प्राधिकरणले लाइन र ट्रान्सफर्मर नदिदा सञ्चालनमा आउन सकेको छैन । भौतिक संरचना बनेपछि कुनै पनि बहानामा स्थानीयहरु जोडिएको विषयमा आनाकानी गर्नुहुँदैन । यदि त्यसो गरिए स्थानीय भोलिका दिनमा सम्बन्धित निकायमाथि आक्रोसमा आउन सक्ने हुन्छ । सम्बन्धित निकायको ध्यान जावस् ।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ