arrow

कास्कीको मादी-५ मा पहिरोले घर पुरिँदा बालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
Madi_Gaunpalika.png
फाइल तस्बिर

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं. ५ मा पहिरोले घर भत्किँदा एक बालिकाको ज्यान गएको छ । आज बिहान २ः१५ बजे मादी ५ चितेपानी घुम्तीस्थित प्रकाश रानाभाटको घर पहिरोले पुरिँदा उनकी नातिनी १३ बर्षीया आयुष्मा रानाभाटको ज्यान गएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीद्वारा आयुष्माकी हजुरआमा ७० वर्षीया लालीमाया बञ्जारालाई सकुशल उद्धार गरिएको हो । पहिरोले घरको पडाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ