arrow

लमजुङ पहिरोमा परी चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
lamjung-pahiro-03-12.jpg

लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका ३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । बगुमस्थित पच्युटोलमा गएराति पहिरोले तीन घर बगाउँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय रूद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ । 

पहिरोमा परी ६९ वर्षीय रूद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरुङ र ५ वर्षिया नम्रता गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ