arrow

कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८१ असार १२ बुधबार
lightning-always.jpg

कपिलवस्तु । कपिलवस्तुमा आज बिहान चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। खेतमा काम गर्न जाने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा यशोधरा गाउँपालिका वडा ६ भैसाहीयाका २२ वर्षिय महेश कलवार र बुद्धभुमि नगरपालिका वडा १० प्रेम नगरका १८ वर्षिय राजु ठाकुरको मृत्यु भएको प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले बताए।

दुवै जनाको शव पोस्टमर्टमका लागि कपिलवस्तु अस्पताल ल्याइएको छ।



नयाँ