arrow

कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८१ असार १२ बुधबार
lightning-always.jpg

कपिलवस्तु । कपिलवस्तुमा आज बिहान चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। खेतमा काम गर्न जाने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा यशोधरा गाउँपालिका वडा ६ भैसाहीयाका २२ वर्षिय महेश कलवार र बुद्धभुमि नगरपालिका वडा १० प्रेम नगरका १८ वर्षिय राजु ठाकुरको मृत्यु भएको प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले बताए।

दुवै जनाको शव पोस्टमर्टमका लागि कपिलवस्तु अस्पताल ल्याइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ