arrow

फेवातालमा डुबेर शुकबहादुरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
magar-death.jpg

पोखरा । पोखराको फेवातालमा डुबेर आज पनि एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बाग्लुङ घर भई हाल पोखरा-१८ खपौदी बस्ने ३३ वर्षीय शुकबहादुर मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार आज दिउँसो ४ः३० बजे खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा मगर डुबेका थिए ।

मगर डुबेर बेपत्ता भएको खबर प्राप्त हुने बित्तिकै कास्की प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीको फेवातालमा तैनाथ एपिएफ रेस्क्यू वाच टावरको विशेष विपद् उद्धार एवं गोताखोर टोली खटिएको थियो ।

टोलीले खोजी गर्नेक्रममा साँझ ५ः२१ बजे अचेत अवस्थामा उनको उद्धार गरेर उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा ६ः१३ बजे चिकित्सकले मृत घोषणा गरेको कालिका गण कास्कीका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाइएको छ । फेवातालमा डुबेर केही दिन अघि कास्की नौडाँडाँका एक युवकको ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ