arrow

फेवाफाँटमा असारे रोपाइँ महोत्सव हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
dhan ropai asar 15.jpg
फाइल तस्बिर

पोखरा । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ हरेक वर्ष असार १५ गते हुँदै आएको असारे रोपाइँ महोत्सवको १९औँ संस्करण यस वर्ष पोखरा महानगरपालिका-२३ फेवाफाँटको मार्गीमा हुने भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा हुने महोत्सवको १९औँ संस्करणको तयारीलाई तीव्र बनाइएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सवका लागि परिषद्का उपाध्यक्ष तारानाथ पहारीको संयोजकमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सह-संयोजकमा हरिराम अधिकारी र जीवनराज सापकोटा रहृका छन् ।

महोत्सवमा हिलो खेल्ने, माछा समात्ने, साउने प्रतियोगिता, रसि तान्ने, हिले दौडसहित मनोरञ्जन लिन स्वदेशी र विदेशी पर्यटकको सहभागिता रहने परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

महोत्सवमा करिब १० हजारभन्दा बढी मानिसले सहभागिता जनाउने आयोजकको अनुमान छ । हिले दौड प्रतियोगिताअन्तर्गत स्वदेशी र विदेशी महिला र पुरुष पर्यटकको छुट्टाछुट्टै प्रतियोगिता हुनेछन् । त्यसअवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति पनि रहने छन् ।

नेपालीको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धानखेतीप्रतिको आकर्षण घट्दै गएका अवस्थामा नयाँ पुस्तालाई धानखेती प्रणाली देखाउँदै उनीहरूलाई यसतर्फ आकर्षित गराउन पनि महोत्सव आयोजना गरिएको मूल व्यवस्थापन समितिका संयोजक पहारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ