arrow

मदन भण्डारी र गणेशमान नेतृत्व आन्दोलनले पञ्चायत ढल्यो : उपमहासचिव ज्ञवाली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
pradip-gyawali-2080-04-30.JPG
फाइल तस्बिर

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन एमाले महासचिव स्वं मदन भण्डारी र नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको २०४६ सालको जनआन्दोलनले पञ्चायत ढलेको स्मरण गरेका छन् ।

मध्यपुरथिमिमा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार अलाइन्स) ले स्वं मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको मानव अधिकार र बहुदलीय जनवाद विषयक अन्तरसम्वादमा उनले मदन भण्डारीको देशप्रतिको योगदान असाध्यै फराकिलो रहेको चर्चा गरे ।

ज्ञवालीले देशमा जबसम्म नागरिकले आर्थिक अधिकार पाउँदैनन तबसम्म देशमा आएको प्रजातन्त्र अधूरो रहने धारणा राखे ।

एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले देशको सार्वमौभ रक्षा र देशको मानव अधिकार रक्षाका सबालमा स्व मदन भण्डारी निकै अगाडि रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनलाई जीवित राख्न उनको बिचार उपलब्धीमूलक रहेको धारणा व्यक्त गरे । 

एमालेका भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, अलाइन्सका अध्यक्ष पुरुषोत्तम श्रेष्ठलगायतले देशमा गणतन्त्र र मानव अधिकारको रक्षाका लागि सधै कटिबद्ध हुनुपर्नेमा जोड दिए ।



नयाँ