arrow

पहिरोमा पुरिएर गुल्मीमा एकै घरका पाँच जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
malika-landslide-gulmi.jpg
तस्बिर – पत्रकार तारा भुसालबाट सौजन्य ।

गुल्मी । गुल्मीमा पहिरोले गए राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचैजनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ । 

घटनापछि सदरमुकाम तम्घासबाट  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ