arrow

गुल्मीमा कभर्डहल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
coverd-hall-2081.jpg

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गुल्मीको रुरु क्षेत्र गाउँपालिकास्थित रिडीमा बनेको ब्याडमिन्टन कभर्डहल तथा सभा हलको एक कार्यक्रमबीच उद्घाटन गरे ।

 २०८० साल पुस ५ गते निर्माण कार्य शुरु भएको कभर्डलको निर्माण कार्य २०८१ साल जेठ ५ गते सम्पन्न भएको थियो । 

कभर्डहल निर्माणका लागि गुल्मीका ८४ वर्षीय गुरुप्रसाद ज्ञवालीको अध्यक्षतामा निर्माणाधीन रुरु कभर्डहल उपभोक्ता समिति गठन गरिएको थियो । 

हलमा २ कोर्ट रहेको छ । जम्मा १ करोड २४ लाख लागतमा निर्माण सम्पन्न भएको कभर्डहलका लागि राखेपले ९० लाख रुपैयाँ सहयोग गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ