arrow

धादिङ समाजको रक्तदानमा १ सय ३७ युनिट रगत संकलन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
dhading samaj blood donation.jpg

पोखरा । धादिङ-पोखरा सम्पर्क समाजद्वारा २६औं स्थापना दिवसका अवसरमा आयोजित २१औं खुला रक्तदान कार्यक्रममा १ सय ३७ युनिट रगत संकलन भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले रक्तदान जत्तिको पवित्र कार्य अन्य हुन नसक्ने बताए । उनले धादिङवासीलाई पोखरामा एक्लो महसुस हुन नदिने भन्दै प्रत्येक गतिविधिमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

समाजका अध्यक्ष रामप्रसाद पाण्डेले रक्तदान समाजको सबैभन्दा उत्कृष्ट कार्यक्रम भएको भन्दै रगत संकलनमा प्रत्येक वर्ष आफ्नै रेकर्ड तोडिँदै गएको बताए ।

पूर्वअध्यक्षद्वय युवराज खतिवडा र कृष्णबहादुर लम्सालले धादिङवासीको एकताले नै यस्ता कार्य सम्पन्न हुँदै आएको बताए ।

पूर्वउपाध्यक्ष कमलबहादुर पाण्डेले समाज स्थापना भएदेखि नै सामाजिक गतिविधिमा सक्रिय रहँदै आइरहेको बताए ।

धादिङ त्रिपुरा बराही महिला समूहकी द्वितीय उपाध्यक्ष विन्दा धरेलले धादिङवासीको सेवामा समाज र महिला समूहबीच विगतमा पनि सहकार्य भएको र भविष्यमा पनि हुने बताइन् ।

समाजका अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सरस्वती श्रेष्ठले स्वागत र महासचिव हरि पन्तले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रम समाजका कार्यसमिति सदस्य युनिक बानियाँको संयोजकत्वमा, नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ