arrow

राजेश हमालको विश्वको पहिलो कृषि रियालिटी गेम शो [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
rajesh-hamal-agricultural-s.jpg

काठमाडौँ । विश्वको पहिलो कृषि रियालिटी गेम शो आरएडब्ल्यूएम रिभोलुसनरी एग्रिकल्चर वारको शुभारम्भसँगै कृषि क्षेत्रको रणनीतिक रूपान्तरण हुने भएको छ । 

क्रान्तिकारी कृषि युद्ध (आरएडब्ल्यू) ले कृषि, उद्यमशीलता, र जलवायु परिवर्तनका विषयवस्तुलाई केन्द्रमा राखेको छ । तीनै तहका सरकारहरुसँग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी भएको छ । 

हिमालय टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रमको होष्ट महानायक राजेश हमाल रहेका छन् । व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुने छन् । 

जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्याङ्कन गर्नेछ । निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा एक समारोहका बीच आरएडब्ल्यूको आवेदन फर्म  खुल्ला  गरिएको छ । ललितपुर महानगरपालिका–२१, खोकनाको सहकार्यमा, प्रमुख अतिथि, माननीय पूर्व कृषिमन्त्री छविलाल विश्वकर्मा, महानायक राजेश हमाल, पूर्वसचिव डा. योगेन्द्रकुमार कार्कीलगायत विशिष्ट व्यक्तित्वहरू को साथमा आवेदन फर्म  खुल्ला र रोपाई उत्सव कार्यक्रम सम्पन्न भएको छ  ।

आरएडब्ल्यू एक बेजोड़ रियालिटी गेम शो हो, जुन कृषि उद्यमशिलतालाई प्रवर्दन गर्दै समुन्नत समाज निर्माणको दृष्टिकोणका साथ ल्याइएको जनाइएको छ । 

यस कार्यक्रम कृषि उधमशिलता र जलवायु परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गरि किसानलाई सम्मानजनक पहिचान दिने उदेश्य अनुरुप प्रस्तुत गरिएको छ ।

कृषक र कृषि प्रविधिक यस शोमा प्रतियोगी रहने छन् जसमा दिगो र नविन कृषि अभ्यासहरू प्रवर्धन गर्दै, उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलताको परीक्षण गरिने छ । 

कार्यक्रमको उद्देश्य कृषिको महत्वलाई उजागर गर्दै, युवा पुस्तालाई खेतीमा चासो लिन प्रेरित गर्ने र किसानहरूको कडा परिश्रम र समर्पणलाई उच्च कोटीको रुपमा प्रस्तुत गर्ने हो ।

’समृद्धि को लागि नयाँ दृष्टि’ को नाराको साथ, कार्यक्रमले सरकारी निकाय, नीति निर्माता, कृषि मूल्य श्रृङ्खलामा आवद्ध व्यक्ति र आम जनतामा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेकोसमेत जनाइएको छ ।
 

rajesh-hamal-agricultural-show (1).jpg
rajesh-hamal-agricultural-show (2).jpg
rajesh-hamal-agricultural-show (3).jpg
rajesh-hamal-agricultural-show (4).jpg
rajesh-hamal-agricultural-show (5).jpg
rajesh-hamal-agricultural-show (6).jpg
rajesh-hamal-agricultural-show (7).jpg
rajesh-hamal-agricultural-show (8).jpg
rajesh-hamal-agricultural-show (9).jpg
rajesh-hamal-agricultural-show (10).jpg
rajesh-hamal-agricultural-show (11).jpg
rajesh-hamal-agricultural-show (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ