arrow

राष्ट्रको इज्जत बढ्ने गरी काम गर्न वायुसेवा निगमलाई मन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
nepal-airlines-annapurna.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले राष्ट्रको शान र इज्जत बढ्ने गरी काम गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् । सोमबार नेपाल वायुसेवा निगमको ६६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपाल वायुसेवा निगमले राष्ट्रको शान र इज्जत बढाउनका निमित्त आजसम्म काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिन आग्रह गरे । 

उनले पछिल्लो चरणमा नेपाल वायुसेवा निगममा देखा परेका समस्यालाई मन्त्रालयको तर्फबाट सुझबुझका साथ अध्ययन, अवलोकन गर्ने काम भइरहेको पनि बताए । बाहिर आएका सबै कुराहरू सत्य नहुने भन्दै मन्त्री तामाङले सरकारको संस्थामाथि प्रश्न उठिसकेपछि अभिभावकत्व ग्रहण गरेर त्यसको छानबिनमा मन्त्रालय गम्भीर भएर लागेको बताए ।

उनले भने, ‘नेपाल वायुसेवा निगमले ६६ वर्ष पार गरेर ६७ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा म सबै नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । नेपाल वायुसेवा निगमले राष्ट्रको शान र इज्जत बढाउनका निमित्त जे जति कामहरू गरेका छन्, त्यसको निरन्तरताको निमित्त यो व्यवस्थापकीय पक्षलाई पनि विशेष ध्यानाकर्षण गराउन चाहन्छु र निर्देशन दिन चाहन्छु । पछिल्लो चरणमा नेपाल वायुसेवा निगममा देखा परेका समस्याहरू छन्, त्यस सम्बन्धमा मन्त्रालयको तर्फबाट सुझबुझका साथ अध्ययन अवलोकन गर्ने काम भइरहेको छ । बाहिर जे जति आउँछन्, बाहिर आएका कुरा सबै सत्य हुन् भन्ने कुरा हुँदैन । तर पनि एउटा संस्था भइसकेपछि र त्यसको उपर प्रश्न चिन्ह खडा भइसकेपछि त्यसको बारेमा फेरि मन्त्रालय भनेको एउटा नियमन निकाय पनि हो । उसको अभिभावकत्व ग्रहण गर्ने सर्वोच्च संस्था पनि हो । त्यो भएको हिसाबले जति पनि प्रश्न उठ्ने गरेका छन्, त्यसको बारेमा मन्त्रालय गम्भीर रूपबाट लागिरहेको छ । मन्त्रालय आफ्नो मातहतको कुनै पनि निकायमा समस्याहरू छन्, भन्ने हिसाबले प्रश्न उठिसकेपछि गम्भीर हुन्छ, सचेत ढङ्गले हल गर्ने पहल र प्रयत्न गरिन्छ । कुनै पनि हिसाबले यसको अभिभावकत्व ग्रहण गर्ने निकाय भएकाले यसको सबै समस्या कुन तरिकाबाट निराकरण गर्न सकिन्छ, छलफल, अरू उपाय अपनाउन अध्ययन गरिन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ