arrow

कांग्रेस एमालेको सरकार बन्ने भएपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
prachanda-03-07-2.jpg

काठमाडौँ । आज नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ । 

बैठक आज बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार बनाउने सहमति भएको बारेमा छलफल हुनेछ । 

साथै नेकपा एमालेले समर्थन फिर्ता लिएको खण्डमा एक महिना भित्र विश्वासको मत लिन समय कुर्ने की राजीनामा दिने भन्नेबारेमा पनि छलफल हुनेछ । 

सोही विषयमा पदाधिकारी बैठक बस्न लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ