arrow

भारी वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
weather-02-18.jpg

काठमाडौँ ।  हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । 

देशका धेरै स्थानहरुमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ