arrow

बाबुरामले प्रचण्डलाई लक्षित गर्दै भने– सधैँभरी ठग्न सकिन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
baburam-bhattarai-new-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सधै भरी ठग्न नसकिने टिप्पणी गरेका छन् ।

कांग्रेस–एमालेको सहमतिपछि सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रचण्डलाई लक्षित गर्दै भनेका छन्, ‘केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौं ।’

आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका डा. भट्टराईको पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । 

उनले पछिल्ला दिनहरुमा प्रचण्डको आलोचना गर्दै आएका छन् । 

खासगरी नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ