arrow

प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने, एक महिना अल्झिने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
agni-sapkota-81-3-18.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार नछाड्ने निर्णय गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने निर्णय गरेपछि सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नछाड्ने विश्वासको मत लिने निर्णय गरेका हुन् । 

मंगलबार बिहान बसेको माओवादीको पदाधिकारी बैठकले सरकार नछाड्ने निर्णय गरेको हो । यदि एमालेले विश्वासको मत फिर्ता लिए त्यसको सामना गर्ने निर्णय पनि माओवादीले गरेको छ । 

एमालेले विश्वासको मत फिर्ता लियो भने विश्वासको मत लिने समय एक महिना बाँकी रहने पनि माओवादीले जनाएको छ । 

माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकपछि बाहिर आएको कुराबारे अझै स्पष्ट भइनसकेको र यदि कसैले विश्वासको मत फिर्ता लिए संसदबाट विश्वासको मत लिने निर्णय भएको बताए । 

माओवादीले आफ्नै सरकारलाई टिकाउन अन्य दलहरुसँग छलफल चलाउने र संसदबाट विश्वासको मत लिने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ