arrow

बालिकालाई पटक पटक करणी गर्ने ५८ वर्षीय पुरुष पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
crime-final-everytime-use.jpg
फाइल तस्बिर

खोटाङ । नाबालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका वडा नं. ११ राजापानीका ५८ वर्षीय शम्भुप्रसाद घिमिरे छन् ।

घिमिरेलाई १३ वर्षीया बालिकालाई जेठ ५ गतेदेखि पटकपटक जबरजस्ती करणी गरेको अभियोगमा आइतबार बिहान पक्राउ गरिएको प्रहारी प्रधान कार्यालयद्वारा प्रेषित दैनिक समाचार बुलेटिनमा उल्लेख छ ।

बालिकाका आफन्तजनको उजुरीका आधारमा प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ