arrow

मार्गप्रशस्त गर्न प्रचण्डलाई कांग्रेसको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
budhanilkantha-deuba-niwas-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । कांग्रेसको बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका छन् ।

उनले भने, ‘ठूला दल कांग्रेस र एमालेले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ र कांग्रेसले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

उनले आजको बैठकले एमालेसँग भएको सहमति स्वीकार गर्ने निर्णय गरेको बताए । एमालेसँग भएको सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पहिला प्रधानमन्त्री हुने र त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने भएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ