arrow

‘दिगो व्यापार र व्यवस्थापन’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
gupteshwor-multiple-campus-pokhara.jpg

पोखरा । पोखरामा अनुसन्धानमूलक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘दिगो व्यापार र व्यवस्थापन’ विषयमा असार २१ र २२ सो सम्मेलन सञ्चालन हुने भएको हो । सम्मेलनमा स्वदेशी तथा विभिन्न विदेशी विश्वविद्यालयका प्रतिनिधि सहभागी हुने बताइएको छ ।

सम्मेलन पोखरास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले आयोजना गरेको हो । सो सम्मेलनका लागि वश्वविद्यालय अनुदान आयोगले सहयोग गरेको छ भने तनहुँको आदिकवि भानुभक्त क्याम्पस र थाइल्याण्ड सिनावत्र विश्वविद्यालयले सहकार्य गरेको छ ।

दिगो व्यापार र व्यवस्थापन क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोजी गर्नुनै सम्मेलनको मुख्य उद्देश्य रहेको गुप्तेश्वर क्याम्पसका प्रमुख धर्मराज बरालले जानकारी दिए ।

सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी प्रमुख अतिथिको रुपमा सहभागी हुँदैछन् ।

कार्यक्रममा प्यानल छलफलका लागि पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष दिपेन्द्रबहादुर क्षत्री, नबिल बैंक माइक्रो फाइनान्सका प्रमुख अमित श्रेष्ठ, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी रहनेछन् सहजकर्ताको रुपमा पोखरा विश्वविद्यालयका सह-प्राध्यापक डा. सूर्यबहादुर जिसी रहनेछन् ।

सम्मेलनमा प्रमुख वक्ताका रुपमा सिनावत्रा विश्वविद्यालय व्यवस्थापन सङ्काय थाइल्याडका डीन प्रा. सरना फोट्नाचन तथा ए.के. मभुबुल ह्ये एवं पोखरा विश्वविद्यालयका प्रा.डा. ईन्द्रप्रसाद तिवारी रहनेछन् ।

सो अवसरमा ६५ वटा अनुसन्धानात्मक लेख प्रस्तुत हुने र उक्त लेखमाथि छलफल हुने कार्यक्रम संयोजक मोहन भण्डारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ